कैलालीमा रातो पाण्डाको छालासहित दुईजना पक्राउ

कैलालीमा दुर्लभ रेड पाण्डाको छालासहित दुईजना पक्राउ परेका छन् । 

प्रहरीले जिल्लाको धनगढी उपमहागरपालिका–४ स्थित बोराडाडीमा रहेको पण्डित वर्कसपबाट भारतको लखिमपुर मोतीहारी केसरिया घर भएका वर्कसपका सञ्चालक ४१ वर्षीय गगनदेव पण्डित र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३८ वर्षीय मुकेश भट्टलाई पक्राउ गरेको हो । 

संघीय प्रहरी एकाइ कञ्चनपुरबाट सादा पोसाकमा खटिएको टोली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले दुवैलाई रेडपाण्डाको छालासहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको संघीय प्रहरी एकाइ कञ्चनपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहले जानकारी दिए ।
 





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार २०:१०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया