नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, मट्टितेल तथा डिजेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको हो ।
यस्तै, हवाई इन्धन (आन्तरिक उडान)को मूल्य प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएको छ ।
अब पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल ११२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्यमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।