कर्णालीका चार एमाले सांसदको पुनर्बहालीविरुद्ध 'भ्याकेट निवेदन' सर्वोच्चको पेसीमा

कर्णाली प्रदेशसभाका चारजना एमाले सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्ने सर्वोच्चको अन्तरिम आदेश खारेजी माग गर्दै अध्यक्ष केपी शर्मा ओली र प्रदेशसभा सचिवालयले दिएको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ हुने भएको छ। 

यो भ्याकेट निवेदनको पेसी न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा चढाइएको छ। एमालेका चारजना सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीले दलको ह्वीप उल्लंघन गरेर माओवादी नेतृत्वको सरकारलाई साथ दिएपछि पार्टीले उनीहरुमाथि कारवाही गरेको थियो। 

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको उक्त कारवाहीका आधारमा प्रदेशसभा सचिवालयले उनीहरु चारैजनालाई पदमुक्त गरेको थियो। चारमध्ये बुढा, थापा र शाही अहिले कर्णाली सरकारमा मन्त्री छन्। 

पदमुक्त सांसदहरुलाई न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुनर्बहाली गरिदिएको थियो। केन्द्रीय कमिटीबाट नभइ दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको भन्दै सर्वोच्चबाट जारी अन्तरिम आदेशविरुद्ध एमाले भ्याकेटमा गएको थियो।





  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १२:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया