आइसिसी प्रतियोगिताका लागि १७ राष्ट्र इच्छुक

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन् २०२४ देखि २०३१ सम्म गर्न लागेको आइसिसी प्रतियाेगिताका लागि १७ देशले आवेदन दिएका छन् । जसमा ६ वटा एसोसिएट सदस्य राष्ट्र पनि छन् ।

पहिलो चरणमा अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, मलेसिया, नामिबिया,न्युजिल्यान्ड, ओमान, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, युएई, अमेरिका र जिम्बाबेले प्रस्ताव पेस गरेका हुन् ।
 
पहिलो चरणमा आवेदन दिएका यी राष्ट्रहरूलाई अब विस्तृत विवरणका साथ प्रस्ताव गर्न लगाइएको छ । आयोजकको टुंगो भने २०२१ को अन्त्य सम्ममा हुने बताइएको छ । 

आइसिसीले आठ प्रतियोगिताहरू आयोजना गर्ने भनेको छ । जसमा एकदिवसीय विश्वकप, चार संस्करणको टी-२० विश्वकप र दुई चरणको च्याम्पियन्स ट्रफीका खेलहरू हुनेछन् । 

यस बाहेकका महिला विश्वकप, यु-१९ प्रतिस्पर्धा र टेस्ट च्याम्पियनसिपका प्रतियोगिताको आयोजक छान्न भने अर्कै प्रक्रिया अपनाउने बताइएको छ । 

अघिल्लो महिनामा बसेको आइसिसीको बोर्ड बैठकले एकदिवसीय विश्वकप र टि २० विश्वकपमा सहभागी टोलीको संख्या बढाउने निर्णय गरेको थियो । त्यस्तै उक्त बैठकले च्याम्पियन्स ट्रफी प्रतियोगिता पुनः सुरु गर्ने निर्णय पनि गरेको थियो ।

जस अन्तर्गत २०२७ र २०३१ मा आयोजना हुने विश्वकपमा १४ टोली सहभागी रहनेछन् । त्यस्तै २०२४, २०२६, २०२८ र २०३० मा आयोजना हुने टि-२० प्रतियोगितामा २० टोली सहभागी हुनेछन् । २०२५ र २०२९ मा आयोजना हुने च्याम्पियन्स ट्रफीमा भने ८ टोलीले सहभागी जनाउने छन् । 




 



  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १३:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया