सुदूरपश्चिममा प्रदेश प्रहरी गठन प्रक्रिया सुरु

सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रहरी गठन प्रक्रिया सुरु भएको छ ।

प्रदेश सरकार गठन भएको ४० महिनापछि प्रदेशमा प्रदेश प्रहरी गठन प्रक्रिया सुरु भएको हो । बुधबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरेकी छन् ।

प्रदेश सभा नियमावली २०७४ को नियम १०६ को उपनियम २ बमोजिम उनले प्रदेश सभामा प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल भएसँगै अब प्रदेशमा प्रदेश प्रहरी गठनसम्बन्धी प्रक्रिया अघि बढ्ने बताइन् ।

नेपालको संविधान २०७२ को अनुसूची ६ ले व्यवस्था गरेअनुसार प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्ने काम सुरु गरेको हो । यसअघि संघीय प्रहरी ऐन जारी नहुँदा प्रदेश प्रहरी गठन प्रक्रियामा ढिलाइ भएको हो । संघीय प्रहरी ऐन जारी हुँदा पनि प्रदेशमा प्रहरी समायोजनको काम विलम्ब भएको मन्त्री जोशीले दाबी गरिन् । प्रदेशमा विपद् व्यवस्थापन, द्वन्द्व व्यवस्थापन तथा प्रदेश भित्र शान्ति सुरक्षाका लागि प्रदेश प्रहरी आवश्यक रहेको उनको प्रदेश प्रहरी गठन प्रक्रिया अघि बढाइएको बताइन् ।
 





  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १७:४०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया