मोदी क्याबिनेट : पुराना ११ मन्त्रीलाई हटाइयो, ४३ नयाँ मन्त्री थपिए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार साँझ मन्त्रिमण्डल विस्तार गर्दैछन्। आज जम्मा ४३ जना नयाँ मन्त्रीले सपथ लिने तय भएको छ।

शपथअघि मोदीले नयाँ बनेका मन्त्रीहरुसँग बैठक गरेका छन्। प्रधानमन्त्री निवासमा भएको यस बैठकमा ज्योतिरादित्य सिन्धिया र सर्बानन्द सोनोवालसहित सबै सम्भावित मन्त्रीहरु सहभागी भए। 

बैठकमा प्रधानमन्त्री मोदीसँगै गृह मन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा, रक्षा मन्त्री राजनाथ सिंह र परिवहन मन्त्री नितिन गड्करी तथा भाजपाका राष्ट्रिय संगठन महामन्त्री बीएल सन्तोष पनि सहभागी थिए।

आज शपथ लिने ४३ मन्त्रीको टुंगो लागिसकेको छ। नियम अनुसार मोदी मन्त्रिमण्डलमा अधिकतम् ८१ मन्त्री रहन सक्छन्। अहिले मन्त्रिमण्डलमा कुल ५३ मन्त्री थिए। यस अनुसार २८ मन्त्री थपिने अनुमान थियो। ११ पुराना मन्त्रीले राजीनामा दिएपछि मोदीले अब ३९ मन्त्री नियुक्त गर्न सक्थे। आज सपथ लिने ४३ जनामा केही राज्यमन्त्री पनि छन्। जसलाई क्याबिनेट मन्त्री बनाइनेछ।

नयाँ मन्त्रीहरूमा नारायण राणे, सर्बानन्द सोनोवाल, वीरेन्द्र कुमार, ज्योतिरादित्य सिन्धिया, आरसीपी सिंह, अश्विनी वैष्णव र पशुपति कुमार पारससहित ४३ जना छन्। यी मन्त्रीहरुले आजै साँझ राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथ लिनेछन्। 

नयाँ मन्त्री थपिने भएपछि पुराना मन्त्रीले राजीनामा दिन थालेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले राजीनामा दिएका छन्। उनको राजीनामा कोरोनाको दोस्रो लहरका करण डगमगाएको भारतको स्वास्थ्य क्षेत्रलाई मानिएको छ। 



उता केन्द्रीय सामाजिक न्याय मन्त्री थावरचन्द गहलोतले मंगलबार नै राजीनामा दिएका थिए। उनलाई कर्नाटकको राज्यपाल बनाइएको छ। यीसहित जम्मा ११ मन्त्रीले राजीनामा दिएका छन्। 



  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १७:५१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया