इङ्ल्यान्डमाथि छानबिन गर्दै युइएफए

युरोपेली फुटबलको सर्वोच्च नियाय युइएफएले इङ्ल्यान्ड फुटबल संघमाथि छानबिन सुरु गरेको छ ।

युरो कप अन्तर्गत दोस्रो सेमिफाइनलमा बुधबार राति घरेलु मैदान वेम्बली स्टेडियममा  भएको डेनमार्क विरुद्धको खेलमा खेल भावना विपरित कार्य गरेको भन्दै इङ्ल्यान्डमाथि छानबिन सुरु गरिएको हो ।

खेलको दौरान डेनमार्कका गोलरक्षक कास्पर स्माइकललाई लक्षित गर्दै दर्शकदिर्घाबाट लेजर लाइट प्रयोग गरिएको थियो ।

अतिरिक्त समयमा धकेलिएको खेलको १०४ औँ मिनेटमा इङ्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो र पेनाल्टी प्रहार गर्न कप्तान ह्यारी केन आए । केनले पेनाल्टी प्रहार गर्नुभन्दा अगाडि कास्परको अनुहारमा पर्ने गरी लेजर लाइट प्रयोग गरिएको थियो ।

केनको प्रहारलाई गोरक्षक कास्परले रोके पनि रिबाउन्ड बललाई भने उनले गोलमा परिणत गरे ।

केनको यही गोलमार्फत डेनमार्कमाथि २-१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक युरो कपको फाइनलमा प्रवेश गरेको थियो ।



युइएफएको अनुशासन कमिटिले खेल चलिरहँदा मैदानमा अर्को बल आएको,  खेलको सुरुवातमा राष्ट्रिय गीतको दौरान दर्शकले होहल्ला गर्दै अशान्ति फैलाएको र अतिशबाजी गरेको विषयमा समेत छानबिन गर्ने भएको छ ।

इङ्ल्यान्डले उपाधिका लागि आइतबार वेम्बली स्टेडियममा इटालीको सामना गर्नेछ  । 




 

  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार ६:५६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया