हिक्मत कार्की भन्छन्, ‘प्रहरी समायोजनमा संघीय सरकारको अवरोध’

प्रदेश-१ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले संघीय सरकारको अवरोधका कारण सुरक्षा निकायलाई आवश्यक पर्ने भौतिक पूर्वाधार र क्षमता विस्तारमा काम गर्न नसकेको बताएका छन् ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विनियोजन विधेयकमाथि भएको छलफलमा जवाफ दिने क्रममा प्रहरीको समायोजनमा ढिलाइ भएकोमा असन्तुष्टी व्यक्त गरे ।

शुक्रबार प्रदेश सभाको बैठकमा मन्त्री कार्कीले प्रहरीको समायोजन नहुँदा प्रहरी र सुरक्षाकर्मीको क्षमता विकास, र भौतिक पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न नसकेको बताए । ‘संघीय सरकारले आफू मातहतका क्षेत्रमा मात्रै बजेट विनियोजन गर्न निर्देशन दिएको छ’, उनले भने, ‘त्यसैले हामीले चाहेर पनि प्रहरीका लागि आवश्यक पर्ने भवन र सवारी साधन खरिदमा बजेट छुट्याउन सकेनौँ ।’

प्रदेशको सुरक्षा अवस्था मजबुत बनाउन प्रहरीलाई भौतिक पूर्वाधारले सुसम्पन्न बनाउनु पर्ने हो तर प्रदेशले चाहेर पनि यसमा काम गर्न नसकेको उनको भनाइ छ । ‘अहिले प्रदेशमा प्रहरीका लागि ६० वटा सवारी साधन किनिदिने निवेदन परेको छ । तर हामीले किन्नका लागि क्षेत्राधिकारले दिएको छैन’, उनले भने । 

११ हजार प्रहरी प्रदेश सरकारमा समायोजन भइ प्रहरी गठन भए यस क्षेत्रमा पनि बजेट विनियोजन गर्ने उनले जनाए ।
  
 





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १३:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया