सुर्खेतमा असार ३१ सम्म निषेधाज्ञा थप

सुर्खेतमा जारी निषेधाज्ञा असार ३१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले खुकुलो बनाउँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि कोरोनाको जोखिम अत्यधिक भएपछि वैशाख १४ गते रातिबाट निषेधाज्ञा जारी गरिएको थियो । पछि विभिन्न समयमा थप गर्दै असार २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबार असार ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

असार यता कोरोनाको जोखिम कम भएसँगै प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ । कोरोनाको जोखिम कायमै रहेको अवस्थामा एकै पटक नभएर चरणबद्ध रूपमा निषेधाज्ञा खोल्दै जाने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । 

औषधी र औषधी जन्य पदार्थको पसल र इन्धनका पम्पहरू २४ सै घण्टा सञ्चालन हुन दिइएको छ । भने तरकारी फलफूल लगायत दूधजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजेसम्म खोल्न सकिने र खाद्यान्न पसल लगायत अत्यवश्यक सामग्रीका पसलहरू बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । यस्तै होटल रेस्टुरेन्टहरूले क्षमताको ५० प्रतिशत सहित डेलिभरी सेवामार्फत् आफ्नो व्यवसाय सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । 

यस्तै गोष्ठी सभा सम्मेलन तालिम तथा कुनै पनि जमघटका कार्य यस अवधिमा सञ्चालनमा रोक लगाएको छ । त्यसै गरी सम्पूर्ण निजी सवारी साधन भाडाका सवारी साधन सार्वजनिक यातायातका साधन जिल्लाभित्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।

एम्बुलेन्स, दमकल, सञ्चार, विद्युत्, सरसफाइ, स्वास्थ्य कर्मी, अत्यावश्यक कार्यालय एवं संस्थामा कार्यरत कर्मचारीले प्रयोग गर्ने र अनुमति प्राप्त सवारी साधन लगायतका साधनहरू भने निर्वाधरूपमा सञ्चालन हुन दिने बताइएको छ । प्रशासनले जारी गरेको आदेशको उल्लंघन गरेको अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ तथा स्थानीय प्रशासन एन २०२८ अनुसार कारबाही गरिने  उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १६:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया