पार्टीको १४औँ महाधिवेशन नजिकिएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा सरगर्मी बढेको छ । निरन्तर जस्तै समूहगत छलफल तथा भेलाहरु भइरहेका छन् ।
यसैबीच, वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा संस्थापनइतरका नेताहरुको बैठक सुरु भएको छ । राजधानीको अनुपम फुडल्याण्डमा नेताहरुको संयुक्त छलफल सुरु भएको हो ।
संयुक्त बैठकको संयोजन भने नेता अर्जुननरसिंह केसीले गरेका बैठकमा सहभागी एक नेताले बताए । बैठकले संस्थापनविरुद्ध संयुक्त रणनीति तय गर्ने उनले बताए ।
संयुक्त बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, बलबहादुर केसी लगायतको सहभागिता रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।