भारत र श्रीलंकाबीचको एकदिवसीइ क्रिकेट सिरिजको मिति पक्का भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले शनिबार सूचना जारी गरी खेल हुने पक्का गरेको हो ।
दुबै देशबीच तीन दिन एकदिवसीय खेल हुनेछ । पहिलो खेल जुलाई १७, दोस्रो खेल जुलाई १९ र तेस्रो खेल जुलाई २१ मा हुने भारतीय मिडियाहरूले जनाएका छन् ।
खेल श्रीलंकाकाे राजधानी काेलम्बाेस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ ।
यसभन्दा अगाडि दुबै देशबीचको एकदिवसीय सिरिज जुलाई १३ बाट सुरु हुने भनिएको थियो । काेराेना भाइरसले गर्दा खेलकाे मिति सारिएकाे हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।