दर्जन कलाकार कांग्रेसमा प्रवेश

शनिबार एक दर्जनभन्दा बढी कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा ‘मुलाको साग’ नामले चर्चित कलाकार सुरेन्द्र केसी, हास्यकलाकार महादेव त्रिपाठीलगायत १२ जनाभन्दा बढी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई आफ्नै निवासमा फूलमाला र खादा ओढाएर पार्टीमा प्रवेश गराएका हुन् । कलाकारहरुले देउवाको हातबाट पार्टी सदस्यता पनि लिएका छन् । 

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस निकट सांस्कृतिक संघकी महामन्त्री रोशनी केसी, ‘पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ थेगोबाट चर्चा पाएका शिवहरि वैरागीलगायत कलाकार पनि सहभागी थिए । 

सो अवसरमा सभापति देउवाले देश निर्माणमा कलाकारको योगदानको प्रशंसा गरे । 





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १८:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया