नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तनको विकल्प नरहेको बताएका छन् । उनले पार्टीको आगामी नेतृत्वका लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको बताए ।
शनिबार क्रियाशील सदस्य छानविन समितिको काम अवलोकनका लागि पुगेका नेता पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै सभापतिबाट शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने अहिलेको मूल आवश्यकता रहेको बताए ।
देउवाको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गरेरै छाड्ने उनको दाबी छ ।
आफूले पनि सभापतिमा दाबी गरिरहेको तर आवश्यकताअनुसार अर्को व्यक्तिलाई समर्थन गर्न पनि आफू तयार रहेको उनको भनाइ थियो । तर, कसैलाई छोड्नका लागि चित्तबुझ्दो कारण चाहिने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।