कास्कीमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हेडसर पक्राउ

कास्कीमा आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हेडसर पक्राउ परेका छन् । 

जिल्लाको पोखरा महानगरपालिका-२२ को ओखलेडाँडा भुम्दीकोद माविका प्रधानाध्यापक विश्वराज बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो । 

बास्तोलाले १५ वर्षीया किशाेरीमाथि गरेको दुर्व्यवहार थाहा पाएपछि गाउँलेले उनीमाथि हातपात पनि गरेका थिए । सोही बेलामा सूचना प्राप्त गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

परिवारले बास्तोला  विरुद्ध जाहेरी दिएको छ । 

प्रहरीले बास्तोलालाई हिरासतमा राखी घटनाको अनुसन्धान गरिरहेको छ ।


 





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार ७:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया