भारतमा थप ४१ हजार संक्रमित, ८९८ जनाको मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ४१ हजार ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा थप ८९८ जना संक्रमितले ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घन्टामा ४१ हजार ४६३ संक्रमित निको भइ घर फर्किएका छन् । 

पछिल्लो समयमा निको हुने संक्रमितको संख्या बढ्दै गइरहेको छ । हरेक दिन औषतमा ४० हजार मानिस निको हुँदैछन् । 

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार  हालसम्म भारतमा कोरोना संक्रमणबाट ४ लाख ७ हजार १४५ जनाले ज्यान गुमाएका छन् भने ३ करोड ७ लाख ९५ हजार ७१६ जनामा संक्रमण पुष्टि भएको छ ।


 





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार ८:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया