कुन देशमा कति संक्रमित ?

कोरोना भाइरसबाट सारा संसार आक्रान्त छ । सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना रोकिने नाम लिएको छैन । भाइरसका विभिन्न भेरियन्ट देखा परेका छन् । 

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर १८ करोड ६३ लाख ९३ हजार ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

भाइरसबाट अमेरिकामा सबैभन्दा धेरै संक्रमित भएका छन् । हालसम्म अमेरिकामा ३ करोड ३८ लाख ४७ हजार ४७४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

अमेरिकापछि छिमेकी मुलुक भारतमा धेरै संक्रमित भएका छन् । भारतमा हालसम्म ३ करोड ७ लाख ९५ हजार ७१६ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतपछि ब्राजिलमा संक्रमित हुनेको संख्या धेरै रहेको छ । ब्राजिलमा हालसम्म १ करोड ९० लाख ६९ हजार ३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यसै गरी फ्रान्समा ५८ लाख ७० हजार ४६३, रसियामा ५६ लाख ८८ हजार ८०७, टर्कीमा ५४ लाख ६५ हजार ९४, बेलायतमा ५१ लाख ७ हजार ७८०, अर्जेन्टिनामा ४६ लाख ३९ हजार ९८, कोलम्बियामा ४४ लाख ७१ हजार ६२२, इटालीमा ४२ लाख ६९ हजार ८८५, स्पेनमा ३९ लाख ३७ हजार १९२, जर्मनीमा ३७ लाख ४३ हजार १६७ र इरानमा ३३ लाख ५५ हजार ७८६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार ८:५३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया