कञ्चनपुरमा लागूऔषध हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।
शनिबार साँझ जिल्लाको वेदकोट नगरपालिका सुन्दरपुरस्थित कृषि तालिम केन्द्रको परिसरबाट दुबै जना दुई ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हिरोइनका साथमा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा २५ वर्षीय गणेश विष्ट र २६ वर्षीय करन धामी रहेका छन् । दुवै जना हिरोइनको कारोवार गर्नका लागि कृषि तालिम केन्द्रको परिसर पुगेका थिए ।
प्रहरीले दुवै जनालाई हिरासतमा राखी आवश्यक कारबाही अगाडि बढाइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।