आकस्मिक पत्रकार सम्मेलन गर्दै विपक्षी विद्यार्थी मोर्चा
फाइल तस्बिर

प्रतिगमन बिरोधी पाँच विद्यार्थी संगठनहरुको मोर्चाले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछ ।  

संयुक्त मोर्चाले दिउँसो १ बजे काठमाडौंको बानेश्वरस्थित होटल अर्यालमा पत्रकार सम्मेलन राखिएको बताएको छ । 

पेट्रोलियम पदार्थमा पटकपटक जनताको ढाड सेक्नेगरी गरिएको व्यापक मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम आज सकिनै लाग्दा पत्रकार सम्मेलन राखिएको हो ।

पत्रकार सम्मेलनमार्फत ओली सरकारलाई घुँडा टेकाउने गरी निकै कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने अखिल (क्रान्तिकारी)का प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।

पत्रकार सम्मेलनमार्फत प्रतिगमनविरुद्ध जारी आन्दोलनका आगामी रणनीतिका बारे तथा नेपाल वायुसेवा निगमको निजीकरण गरेर सरकारी ध्वजावाहक कम्पनी डुबाउने गरी ओली सरकारले चालेको पछिल्लो कदमविरुद्ध समेत विद्यार्थी संगठनहरुले संयुक्त  धारणा र कार्यक्रम सार्वजनिक गर्ने मैनालीले बताए ।





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार ११:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया