विपक्षी दल नेकपा एमालेका सांसदको अवरोधका कारण गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ ।
बजेटको विषयमा प्रतिपक्ष दल नेकपा एमालेले विरोध जनाए पछि बैठक १ बजेसम्मलाई स्थगित गरिएको छ ।
सभामुखले बैठक सुरु हुनेवित्तकै एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए । त्यसपछि एमालेका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएपछि सभामुखले केहीबेर बैठक रोकेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।