संसद पुनःस्थापनाबारे कांग्रेसको टिप्पणी : संवैधानिक इजलासको विवेकपूर्ण फैसला

विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विवेकपूर्ण फैसला भएको टिप्पणी गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत अदालतको फैसलाले संविधानलाई ट्र्याकमा फर्काउने बताएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद पुनःस्थापना गर्दै सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश जारी गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

प्रवक्ता शर्माले लेखेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम’ 

अदालतको फैसलासँगै कांग्रेसको काँधमा नयाँ दायित्व आएको पनि शर्माले लेखेका छन् । उनले केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा कांग्रेसले यसलाई उपयोग गर्नुपर्ने दायित्व आएको बताए । 





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १४:३८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया