कोरोना अपडेट : थप २३७० जनामा संक्रमण, १८ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ३७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

विभिन्न प्रयोगशालामा ११ हजार ५८४ नमुना परीक्षणमा यो परिमाणमा कोरोना संक्रमित थपिएका हुन् । यीमध्ये ७ हजार ६८९ को पिसिआर र ३ हजार ८९५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 

पछिल्लो २४ घन्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार १३३ जना कोरोनामुक्त भएका छन् ।





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १७:०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया