नबिल बैंकमा नयाँ खाता खोल्दा यस्ता फाइदा

नबिल बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई विभिन्न सेवामा छुट दिने योजना सार्वजनिक गरेको छ ।

बैंकले कार्ड, स्मार्ट बैंक लगायत लकरमा पनि विभिन्न छुट प्याकेज सहित ‘३७ डेज अफ ह्याप्पिनेस’ अफर ल्याएको जनाएको छ ।

अफर अन्तर्गत बैंकले सोमबारदेखि आगामी ३७ दिनका लागि ‘व्यक्तिगत बचत खातामा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आइ कार्ड, नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) र लकर शुल्कहरूमा विशेष छुटको व्यवस्था गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुल्ने नयाँ व्यक्तिगत बचत खातामा मात्र उपलब्ध हुने बैंकले जानकारी दिएको छ।

सन् १९८४ देखि बैंकिङ सेवा दिँदै आएको नबिल बैंकको देशभर १३५ शाखा, १८३ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट रहेको जनाएको छ।





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार ५:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया