आइसिसी वरियतामा नेपालको स्थान यथावत

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले निकालेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहने सफल भएको छ । आइसिसीले बुधबार निकालेको नयाँ वरियतामा नेपाल टि-२० तथा एक दिवसीय दुवैतर्फ यथावत स्थानमा रहेको हो । 

नेपाल ११९ अंकका साथ एक दिवसीयतर्फ १६ औँ स्थानमा यथावत छ । एक दिवसीय वरियतामा २ हजार ५४ अंकका साथ न्युजिल्यान्ड शीर्ष स्थानमा छ । इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, वेस्ट इन्डिज श्रीलंका र अफगानिस्तान क्रमश: दोस्रो देखि १० औँ स्थानमा छन् । 

टि-२० वरियतामा नेपाल ३ हजार ५५६ अंकका साथ १३ औँ स्थानमा कायम छ । टि-२० वरीयताको शीर्ष स्थानमा रहेको इङ्ग्ल्यान्डले ६ हजार ९५० अंक प्राप्त गरेको छ । 

भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान, वेस्ट इन्डिज, श्रीलंका र बंगलादेश क्रमश: दोस्रो देखि १० औँ स्थानमा छन् । टि-२० ब्याटिङ वरियतामा नेपालका कुशल भुर्तेल ४४२ रेटिङ प्वाइन्टका साथ कुशल भुर्तेल ५९ औं स्थानमा छन् ।

पुर्व कप्तान पारस खड्का ३६२ रेटिङ प्वाइन्टका साथ ९१ औँ र कप्तान ज्ञानेन्द्र मल्ल ३५७ रेटिङ प्वाइन्टका साथ ९६ औँ स्थानमा छन् । टि-२० बलिङ तर्फको वरियतामा सन्दिप लामिछाने ४०५ रेटिङ प्वाइन्टका साथ ७८ औँ स्थानमा छन् । 





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १६:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया