भान्जाको कुटाइबाट मामाको मृत्यु
सांकेतिक फोटो

कञ्चनपुरमा भान्जाको कुटाइबाट मामाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको आफ्नै भान्जाको प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सामान्य विवादकै क्रममा कुटपिट हुँदा लुहारको मृत्यु भएको हो । बुधबार राति लुहारलाई उनकै भान्जा २२ वर्षीय गिरधारी लुहारले कुटपिट गरेका थिए । भान्जाकै कुटाइबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताए ।

छिमेकी समेत रहेका मामा–भान्जाबीच के विषयमा विवाद थियो भन्नेखुल्न नसकेको डिएसपी न्यौपानेको भनाइ छ । 

कुटपटिमा संलग्न भान्जा गिरधारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले जानकारी दिए।





  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार १२:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया