नेपाल-भारत सीमानजिकै बन्दै गरेको सशस्त्रको बिओपीमा आगजनी
फरकधार / ३१ असार, २०७८

कैलालीको टीकापुर नगरपालिका–८ खक्रौलामा निर्माण हुँदै गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट ९बिओपी० भवनमा आगजनी भएको छ । निर्माणाधीन भवन हाल बिओपी रहेको स्थानबाट करिब एक किलोमिटर टाढा मोहना नदी पारी दशगजा नजिकै छ ।



सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी भवन निर्माण भइरहेको थियो । 

भवन निर्माणको काम अन्तिम चरणमा पुगेका बेला अचानक आगजनी भएको छ । आगलागीबाट लाखौँको क्षति भएको छ ।



बिहीबार बिहान साढे दश बजेको समयमा निर्माणाधिन भवनको भित्र पड्किएको आवाज आएको कामदारले बताएका जानकारी दिएका छन् । उनीहरुले काम गर्न भवन भित्र पस्नु भन्दा अघि नै आगजनी भएको बिओपीका सई राधेश्याम रानाले जानकारी दिए । आगो नियन्त्रणका लागि टीकापुर नगरपालिकाको दमकल पुगेको थियो ।

  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार १२:२६:२१,   अन्तिम अपडेट : असार ३१, २०७८ बिहीबार १२:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया