अत्तरिया क्षेत्र जलमग्न, दर्जर्नौँ घर डुबानमा

कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया आसपासकाे क्षेत्र जलमग्न भएको छ । नगरपालिकाको वडा नं १ र ४ मा बुधबार रातिदेखि परेकाे अविरल वर्षाका कारण दर्जनौँ घर डुबानमा परेका हुन् । भालु खोलाको बाढीले उत्तर वनखेतका चार घर र बास्कोटाका १० घर डुबानमा परेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार मनहरा खोलाको बाढी पनि बस्तीमा पसेको छ । उनले गेटा मेडिकल कलेज आसपासको क्षेत्रमा रहेका घरमा पानी पसेको बताए । 

गोदावरी-२ को तेघरीमा पनि घरमा पानी पसेको छ भने अत्तरिया बजार जलमग्न बनेको छ । कैलालीका नदीमा पानीको सतह बढ्दा खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 
 





  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार १२:५७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया