पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति र हिटलरी नाजीवाद एकै प्रकारको भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रधानमन्त्री पदबाट हटेपछि बालुवाटारबाट बालकोट फर्कने क्रममा केपी शर्मा ओलीको बहिर्गमन र्यालीमाथि व्यङ्ग्य गर्दै उनको शैलीलाई नाजीवादसँग दाँजेका हुन् ।
भट्टराई लेख्छन्, खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ ! ओलीको बहिर्गमन पछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ !
भट्टराईले आफू मात्रै जान्ने भन्ने ओलीप्रवृत्ति र हिट्लरी नाजीवाद÷फासीवाद उस्तै भएको बताए । उनले लेखेका छन्, 'आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओली प्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो !'
खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ!ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ! आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!
— Baburam Bhattarai (@brb1954) July 16, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।