श्रीमतीद्वारा श्रीमानको हत्या
प्रतीकात्मक तस्वीर

दैलेखमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

जिल्लाका नारायण नगरपालिका-११ टाटामकु डाँडा टोल निवासी ३२ वर्षीया सुशीला मल्लले आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेकी हुन् ।

सुशीलाले बिहीबार राति किला ठोक्ने मुडोले श्रीमानको टाउकोमा प्रहार गरेकी थिइन् । मुडो प्रहारपछि गम्भीर घाइते भएका खगेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटाेमै मृत्यु भएको थियो । 

खगेन्द्रको बाटोमै मृत्यु भएको खबर प्राप्त पाउनासाथ प्रहरीले सुशीलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १४:४१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया