अफगानिस्तानमा मारिए पुलित्जर पुरस्कार प्राप्त पत्रकार दानिश

भारतका वरिष्ठ फोटो पत्रकार दानिश सिद्दीकीको अफगानिस्तानी सैनिक र तालिवान लडाकुबीचको लडाइँमा परी मृत्यु भएको छ ।

दानिश समाचार एजेन्सी राेयटर्सका फोटो पत्रकार थिए । राेयटर्सले नै उनको मृत्यको पुष्टि गरेको हो । उनीसँगै अफगानिस्तानका एक वरिष्ठ अधिकारीको पनि मृत्यु भएको छ । 

राेयटर्सका अनुसार दानिश केही दिन अघिदेखि अफगानिस्तानमा विशेष सुरक्षाका साथ कन्धार प्रान्तमा बसेका थिए । त्यहींबाटै उनले अफगानी सैनिक र तालिवानबीचको संघर्षको बारेमा खबर पठाइरहन्थे ।

रोयटर्सले भन्दा पहिला अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले दानिश मारिएको खबर ट्विरमार्फत् दिएका थिए । 

उनले ट्विटमा लेखेका छन्,‘हिजो राति कन्धारमा  आफ्नो साथी दानिश सिद्दीकी मारिएको दुखद खबरले म स्तब्धित भएको छु । पुलित्जर पुृरस्कार विजेता भारतीय पत्रकार अफगानी सुरक्षाबलको साथमा थिए । मैले दुई साता अगाडि उनी काबुल जाँदै गर्दा भेटेको थिएँ । उनको परिवार र रोयटर्सका लागि मेरो समवेदना ।'

दानिशले सन् २०१८ मा पुलित्जर पुरस्कार प्राप्त गरेका थिए ।   



 



  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १५:७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया