अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका छन् । अहिलेको अर्थतन्त्रको वास्तविक अवस्था देखाउने गरी आफूले श्वेतपत्र सार्वजनिक गर्ने मन्त्री शर्माले बताए ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आफूले श्वेतपत्र ल्याउने बताएका हुन् । उनले श्वेतपत्रमा अर्थतन्त्रको वास्तविक अवस्था देखाउने बताए ।
अहिलेको अर्थतन्त्रको अवस्था र अबको आफ्नो दृष्टिकोण पनि श्वेतपत्रमा आउने मन्त्री शर्माले बताए । उनले आफ्नो आगामी भिजन पनि श्वेतपत्र समेट्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।