नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आगामी भदौ १३ देखि १८ सम्म फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ ।
एसियन भलिबल कन्फेडेरेसन(एभिसी) ले शुक्रबार निकालेको खेल तालिकामा नेपाललाई समावेश गरेको छैन । एभिसीले निकालेको तालिका अनुसार प्रतियोगितामा अब जम्मा ८ टोलीले मात्र सहभागिता जनाउने छन् ।
प्रतियोगिताको सुरुवातमा १७ टोलीको सहभागिता बताइएको भए पनि ५ टोलीले नाम फिर्ता लिएपछि १२ टोली सहभागी हुने पक्का भएको थियो ।
एभिसीले सर्वाजनिक गरेको तालिकामा नेपालसहित भारत, हङकङ र जापानलाई समावेश गरिएको छैन । कोरोना महामारीका कारण यी टोलीलाई सहभागी नगराइएको हुन सक्ने अनुमान गरिएको छ ।
पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउन लागेकोे असार १ गतेदेखि प्रशिक्षण सुरु गरेको नेपालले अघिल्लो सातामात्र ३० सदस्यीय प्रारम्भिक टोलीबाट १४ खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणका लागि छनोट गरेको थियो ।
नेपाल भलिबल संघले १४ बाट १२ जनाको राष्ट्रिय भलिबल टोली घोषणा गर्ने तयारी गरेको थियो ।
एभिसीले जारी गरेकाे खेल तालिका :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।