जिल्ला अदालत बाजुराले ६७ बर्षीय एक पुरुषलाई जन्मकैद फैसला गरेको छ । बाजुरा बुढीगंगा नगरपालिकामा आफ्नै छोरीलाई जबरजस्ती करणी र हाडनाता करणी मुद्धा अन्तर्गत जन्मकैद फैसला गरेको बाजुरा जिल्ला अदालतले जनाएको छ ।
अदालतले १४ वर्षीया छोरीलाई जबरजस्ती करणी र हाडनाता करणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद अर्थात २५ वर्ष कैद र ५० हजार नगद जरिवाना तोकेको छ ।
जिल्ला अदालत बाजुरामा २०७७ साउन २२ गते जबरजस्ती करणी र हाडनाता करणी अन्र्तगत मुद्धा दर्ता भएको थियो । बुवाले छोरीलाई बलात्कार गरेपछि गर्भ रहेको खुलासा भएपछि घटना बाहिर आएको थियो ।
१४ वर्षीया छोरीको पेटमा बच्चा बसेको थाहा पाएपछि बुवाद्वारा बलात्कार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको थियो । कक्षा ६ पढ्दै गरेकी उक्त बालिकाको महिनावारी सुरु भएकाे १ वर्ष हुन लागेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।