बिर्सने बानीले सताएकाे छ ? अपनाउनुहाेस् यी उपाय

बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै सताएको हुन्छ । पढेका कुरा एकछिनमा बिर्सने समस्याको कारण धेरै मेहनत गर्ने विद्यार्थी पनि असफल भएका उदाहरण सुन्न पाइन्छ । तलका उपाय अपनाउनुभयो भने तपाईंले पढेको कुरा स्मरण गराउन सहज हुन सक्छ ।

  • नियमित रूपमा पढ्ने बानीको विकास गर्नुहोस् । कुनै चिजलाई मनमनै दोहोर्याएर र त्यसलाई सम्झने प्रयास गनुहोस् र लेख्ने अभ्यास गनुहोस् ।
  • एकोहोरो मात्र पढ्ने बानी नगर्नुहोस् । तपाईंले सिकिरहनुभएको कुरालाई पुरानो कुरासँग जोडेर सम्झने प्रयास गर्नुहोस् । यसो गर्दा सबै कुरा सम्झन सजिलो हुन्छ ।
  • तपाईंलाई कुनै पनि महत्वपूर्ण कुरा सम्झनु छ भने त्यससँग सम्बन्धित वस्तु अथवा चित्रको याद गर्नुहोस् । यस कुराले पनि तपाईलाई सम्झन सहयोग पुर्याउँछ ।
  • लामो समयसम्म एउटै पाठ नपढ्नुहोस् । पढेर वा रटेर भन्दा पनि त्यो कुरालाई कोटिङ गरेर पढ्नुहोस् । यसो गर्दा सम्झन सजिलो हुनका साथै फरक तरिकाले सोच्ने बानीको विकास हुन्छ ।
  • सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गनुहोस् । रातिको समयमा अक्सिजनको मात्रा कम हुने भएकाले पढेको कुरा सम्झनलाई गाह्रो पर्ने जान्छ ।
  • बिहान योग तथा ध्यान गर्नुहोस् । जसले दिमागलाई फुर्तिलाे बनाउँछ ।
  • आफ्नो रुचि नभएको विषयभन्दा रुचि भएको विषय पढ्दा बढी स्मरण हुन्छ । त्यसैले आफ्नो रुचिमा परिवर्तन गरी जुनसुकै विषय पनि रुचिका साथ पढ्नुपर्दछ । साथै आफूमा भएका नकारात्मक धारणाहरू, जस्तै– म कमजोर छु, मेरो स्मरणशक्ति राम्रो छैन, पढेको बुझ्दिनँ भन्ने बानी हटाउनुपर्छ । म पनि पढ्न सक्छु भन्ने बानीको विकास गर्नुपर्दछ । जुनसुकै विषय पढ्दा पनि सकारात्मक हुनुपर्दछ ।
  • जीवनमा लक्ष्यका साथ अघि बढ्नुपर्दछ । लक्ष्य बनाउँदा थुप्रै कुराहरूमा ध्यान दिनुपर्छ । जस्तै– आफ्नो समय, खुबी, कमजोरी, परिस्थिति आदिलाई ख्याल गनुहोस् र कुनै लक्ष्यका साथ अघि बढ्नुहोस् ।




  • प्रकाशित मिति : असोज १३, २०७५ शनिबार १७:५६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया