नेपाल घाेडचढी संघलाई एइएफको अस्थायी सदस्यता

नेपाल इक्वेस्ट्रियन एसोसिएसन (नेपाल घोडचढी संघ) ले एसियन इक्वेस्ट्रियन फेडरेसन (एइएफ) को अस्थायी सदस्यता प्राप्त गरेको छ ।

एसियाका क्रियाशील २८ देश सम्मिलित एसियन इक्वेस्टेरियन फेडरेसनको साधारणसभा (भर्चुअल) ले नेपाल इक्वेस्ट्रियन संघलाई अस्थायी सदस्यता दिने निर्णय गरेको हो । उक्त साधारणसभाको एजेन्डा १५.१ अनुसार नेपाललाई सदस्यता दिने निर्णय भएको हो । नेपाल सहित दक्षिण एसियाली अर्को देश श्रीलंकाले समेत सदस्यता प्राप्त गरेको छ ।

गत नोभेम्बरमा अन्तर्राष्ट्रिय इक्वेस्ट्रियन फेडरेसन (एफआइआई) को महासभाले नेपाल इक्वेस्ट्रियन एसोसियसनलाई अस्थायी सदस्यका रूपमा अनुमोदन र मान्यता दिइसकेको छ । एसियन र अन्तर्राष्ट्रिय फेडरेसनका प्रतिनिधिले नेपाल भ्रमणपछि पूर्ण सदस्यका रूपमा मान्यता दिने जानकारी दिने बताइएको छ । कोभिड १९ को महामारीबाट संसारले मुक्ति पाउने बित्तिकै अन्तर्राष्ट्रिय र एसियन फेडरेसनका प्रतिनिधि नेपाल भ्रमणमा आउने छन् ।

हालै यस संघले अन्तर्राष्ट्रिय ‘टेन्ट पेगिङ’ महासंघ (आइटिपिएफ) को पूर्ण सदस्यता पनि पाएको छ ।





  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार २०:५५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया