राप्रपा रामेछाप–काठमाडौं सम्पर्क समाज गठन
अध्यक्षमा भूतपूर्व हवल्दार मोहनबहादुर मगर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को रामेछाप काठमाडौं सम्पर्क समाज गठन भएको छ ।

भूतपूर्व हवल्दार मोहनबहादुर मगरको अध्यक्षतामा शनिबार १३ सदस्यीय समिति गठन भएको हो । समितिका सदस्यमा सविन चौहान, मोतिलाल तामाङ, राजु श्रेष्ठ, चन्द्रबहादुर माझी, भीमबहादुर बस्नेत, प्रतीक्षा माझी, धोर्जे तामाङ, राजन पुरी, पूर्णबहादुर माझी, सविन के.सी., सरिता माझी र सनबहादुर तामाङ छन् ।

सम्पर्क समाज गठन गर्न बसेको भेलालाई सम्बोधन गर्दै प्रदेश ३ की सांसद रीता माझी, राप्रपा केन्द्रीय सदस्यहरू सरस्वती श्रेष्ठ, मनोज ढुंगेललगायतले समितिलाई शुभकामना दिए । भेलामा केन्द्रीय सदस्य रमानन्द न्यौपानेले पार्टीको विचार, सिद्धान्त र नीतिबारे र केन्द्रीय सदस्य भक्तिप्रसाद सिटौलाले राजनीति कसरी गर्ने भन्नेबारे प्रस्ट्याएका थिए ।

सम्बोधनका क्रममा राप्रपा महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्राले सुस्पष्ट विचार, अगल पहिचान भएको राजनीतिक दल भएकाले पार्टीको नीति, विचार र सिद्धान्तलाई स्थापित गर्न सबै मिलेर अघि सर्नुपर्ने भन्दै अबको वैकल्पिक शक्ति राप्रपा नै रहेको जिकिर गरे । कार्यक्रममा रामेछाप स्थायी घर भई काठमाडौं बसोवास गरिरहेका कार्यकर्ता तथा सुभेच्छुकको उल्लेख्य उपस्थिति थियो ।





  • प्रकाशित मिति : असोज १३, २०७५ शनिबार १८:३७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया