पुरै परिवारले खोप लगाएपछि मात्र बच्चा स्कुल जान पाउने

चीनका केही सहरका प्रशासनले पुरै परिवारले खोप नलगाएसम्म बच्चालाई स्कुलमा प्रवेश नदिने बताएको छ । 

चीनको गुआंग्शी प्रान्तको बिलियु सहरले मानिससँग भनेको छ,‘ यदि तपाईं आफ्ना बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने चाँडै खोप लगाउनुहोस् ।’

जियांशी र हेनान प्रान्तका स्थानीय प्रशासनले पनि पुरै परिवारले खोप लगाएको खण्डमा मात्र स्कुलमा विद्यार्थीलाई आउन दिने जनाएको छ ।

केही सहरका प्रशासनले अस्पताल र सुपरमार्केटजस्ता स्थानमा जाने सबैलाई खोप मिल्नुपर्ने बताएका छन् ।

चीनले यस सालको अन्तिमसम्म कूल जनसंख्याको ६४ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको छ।
 





  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १०:४३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया