बेन ह्वाइट आर्सनलमा

प्रिमियर लिग क्लब आर्सनले बेन (बेन्जामिन) ह्वाइटलाई कीर्तिमानी मूल्यमा  अनुबन्ध गरेको छ । 

उसले अर्को प्रिमियर लिग ब्राइटनबाट २३ वर्षीय डिफेन्डलाई ५० मिलियन पाउन्डमा भित्र्याएको हो । आर्सनलले कुनै पनि डिफेन्डरका लागि खर्चिएको यो सबैभन्दा बढी मूल्य हो । 

ह्वाइट र आर्सनलबीच ५वर्षको सम्झौता भएको छ । यसअघि ब्राइटनले ४० मिलियन पाउन्डको प्रताव अस्विकार गरेको थियो तर अहिले आर्सनलले ४५ मिलियन र थप ५ मिलियन पाउन्ड बोनस दिने भएपछि सहमती जुटेको हो । 

सन् २०१६ मा ब्राइटनमा अनुबन्ध भएका ह्वाइट विभिन्न क्लबबाट लोनमा खेल्दै गत सिजन प्रिमियर लिग फर्किएका थिए । 

गत सिजन ब्राइटनका लागि उत्कृष्ट प्रदर्शन गरेका ह्वाइटलाई भित्र्याउन चेल्सी, एभर्टन, म्याचेस्टर युनाइटेड, लिभरपुर र टोटेनहमले पनि चासो देखाए पनि आर्सनले बाजी मारेको हो । 

ह्वाइटले युरो कप अगाडि भएको अस्ट्रिया र रोमानिया विरुद्ध मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डका लागि खेल्ने अवसर पाए पनि युरो कपमा भने मौका पाएनन् । 





  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार ११:२२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया