माओवादीलाई सरकारमा भित्र्याउन दुई मन्त्रीले दिए राजीनामा
फरकधार / २ साउन, २०७८

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादव र सोही मन्त्रालयका राज्यमन्त्री सरोज सिंह कुशवाहाले शनिबार बिहान मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाएका छन् । 

नेकपा माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्यमन्त्रीको पद दिएर सरकारमा सहभागी गराउने सहमति पश्चात मार्ग प्रशस्त गर्न पार्टीको निर्देशनानुसार दुवै मन्त्रीले पदबाट राजीनामा दिएका छन् । 

मुख्यमन्त्री राउतले दुवैजनाको आजै विदाई समेत गरेका छन् । 

यसैबीच, आजै दिउँसो ३ बजे माओवादीलाई सो मन्त्रालयको जिम्मेवारी दिएर सपथ ग्रहणको तयारी भइरहेको छ । 

माओवादी केन्द्रबाट संसदीय दलका नेता भरत प्रसाद साह मन्त्री र रुवी कुमारी कर्ण राज्यमन्त्री बन्न लागेका छन् । 

सरकारको तर्फबाट वार्ता टोलीका सदस्य समेत रहेका उपनेता जगत यादवले केन्द्रबाटै अध्यक्ष प्रचण्ड र उपेन्द्र यादवबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमती भएरै आएको बताए।

मन्त्री बन्न लागेका साह महोत्तरी क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने कर्ण सप्तरी निवासी समानुपातिक सांसद हुन् ।

  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार ११:३०:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया