यसकारण विशेष बन्नसक्छ टोकियो ओलम्पिक

ओलम्पिक अर्थात् खेलकुदको महामेला । यसपटक खेलकुदको यही महामेला एसियाली मुलुक जापानको टोकियोमा लाग्दैछ । टोकियो ओलम्पिक पहिलेका ओलम्पिकको जस्तै हो, तर यसपटक भने थप आकर्षण ल्याउँदै महिला सय मिटर दौडले । 

ओलम्पिक २०२० को आकर्षण बनेको महिला दौड विभिन्न कारणले पनि चर्चामा आउने भएको छ । त्यसमा पनि सय मिटरको महिला दौडले यसपटकको टोकियोमा हुने खेलकुदको महामेलालाई थप चर्चाको शिखरमा लैजाने देखिएको छ । 

यी ४ कारण जसले टोकियो ओलम्पिकलाई चर्चाको शिखरमा पुर्याउने छ 

१. दीनाको दाबेदारी  
बेलायतका एथ्लेटिक्स कमेन्टर स्टिव क्रमाले दिना यसर स्मिथको दाबेदारीलाई वास्तविक र हकदार खेलाडी दाबेदारको रुपमा पाएको बताएका छन् । उनले भने, “हामीसँग सधैं यस्तो दाबेदार हुँदैन, जसले भाग लिने बित्तिकै जित्ने सम्भावना हुन्छ । उनी त्यस्ती खेलाडी हुन्, जसले भाग लिएपछि जित्ने सम्भावना प्रबल छ । उनी मेरो उत्कृष्ट तीन भित्र छिन् ।”

बेइजिङ ओलम्पिकमा छैटौँ स्थान ओगट्न सफल उनीले यस पटक भने उपाधि जित्ने पक्का जस्तै छ । उनी आफैँ पनि यो वर्ष निकै विश्वस्त देखिन्छिन् ।
 
२०० र १०० मिटर दौडकी विश्व च्याम्पियन दीना यसर स्मिथको दाबेदारीले यो प्रतियोगितामा चमक थपेको छ । उनी २०० मिटरमा जति उत्कृष्ट छिन्, १०० मिटर दौडमा पनि उनी उत्तिकै बलियो छिन् । जसलाई जोसुकै खेलाडीले कमजोर आँक्न सक्दैनन् । 

२. महिला दौड पुरुषको भन्दा बढी आकर्षित 
महिला दौड पुरुषको भन्दा बढी आकर्षित हुने अनुमान गरिएको छ । उत्कृष्ट महिलाको दाबेदारीले यसपटक ओलम्पिकमा हुने १०० मिटर दौड प्रतियोगिता पुरुषको भन्दा बढी आकर्षित हुने अनुमान लगाइएको छ । 



यस वर्ष हुने ओलम्पिकको यो दौड प्रतियोगिता खुला प्रतियोगिता हो । महिलाको हकमा यो केही नयाँ हो, पूरै नयाँ भने होइन । 

३. दर्शक छैनन्, तर पनि समस्या छैन 
कोभिड १९ को कारण अहिले सम्मका प्रायः प्रतियोगिताहरु समर्थकबिना नै खेलाइएको छ । यस प्रतियोगितामा पनि समर्थक उपस्थित नहुने भएका छन् ।



यस प्रतियोगितामा सबै खेलाडीले आफ्नो शत प्रतिशत दिन्छु भन्ने हिसाबले नै प्रतिस्पर्धा गरेका हुन्छन् । त्यसैले टोकियोमा समर्थक हुनु र नहुनुले त्यति धेरै असर नगर्ने खेल विश्लेषकहरुको भनाइ छ । 

यस प्रतियोगितामा अब्बल खेलाडीहरु आउने र उनहरुले प्रतियोगितालाई ध्यानमा राख्ने हुनाले यो प्रतियोगितामा समर्थक नभए पनि खासै फरक नपर्ने विश्लेषक तथा खेलाडीको ठम्याइ रहेको छ । 

४. सन् २०२१ का चम्किला ताराको अनुपस्थिति 
अमेरिकी स्प्रिनटर शा कार्रीले यसपटकको ओलम्पिकमा भाग नलिने भएकी छन् । गाँजा सेवन गरेको भन्दै उनी माथि एक महिनाको प्रतिबन्ध लागेका कारण उनले यस प्रतियोगितामा भाग लिन नपाएकी हुन् । 

२१ वर्षे स्प्रिन्टर कार्री विश्वको छैटौँ तीव्र गतिकी खेलाडी हुन् । क्रेस्टन फ्रेजर प्राइसले आफ्नो उत्कृष्टता नलिएसम्म उनी अमेरिकाभरी चर्चामा थिइन् । 

कार्रीको चर्चा एकदमै चुलिनुको कारण उनको उत्कृष्ट प्रतिभा भएको कारण मानिन्छ । प्रतिभावान खेलाडीको अनुपस्थितिले भने नयाँ खेलाडीलाई चम्किन मद्दत गर्ने विश्लेषकको भनाइ रहेको छ । (एजेन्सीको सहयोगमा) 

  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १५:२०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया