चार सांसदले ठाकुर पक्ष छाडेपछि जसपा संसदीय दलमा दुवै समूह बराबरीमा

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलमा ठाकुर र उपेन्द्र पक्षको दुइवटै समूह बराबरीको अवस्थामा पुगेको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर समूहबाट चारजना सांसद उपेन्द्र पक्षमा गएपछि ठाकुर र उपेन्द्र समूह बराबरीको अवस्थामा पुगेको हो ।

ठाकुर समूहबाट आज सांसद प्रमोद साहको नेतृत्वमा चार सांसद उपेन्द्र समूहमा गएका हुन् । उपेन्द्र पक्षमा जानेहरुमा सांसद साहसहित, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल रहेका छन् ।

यी चारैजना सांसद आजै औपचारिक रुपमा उपेन्द्र समूहले पार्टी कार्यालय बालकुमारीमा राखेको संसदीय दलको बैठकमा सहभागी भएका थिए । उनीहरु ठाकुर समूहले राखेको बैठकमा अनुपस्थित थिए ।

सांसद साहले फरकधारसँग कुरा गर्दै आफूसहित चारजनाले ठाकुर पक्षको साथ छाडेको बताए । ठाकुर समूहबाट आफूहरुले मान नपाएका कारणले उनलाई छाडिएको सांसद साहको भनाइ छ ।

औपचारिक फुटको डिलमा रहेको जसपामा अहिले सांसद तानातानको राजनीति सुरु भएको छ । संसदीय दलमा बहुमत जुटाउने उद्देश्यले अहिले जसपाभित्र सांसद तान्ने खेल सुरु भएको छ । 



जसपा निलम्बनमा परेका दुई सांसदबाहेक ३२ जना सांसद छन् । जसमध्ये चारजना उपेन्द्र समूहमा गएपछि अब जसपाका दुईवटै खेमा संसदीय दलमा बराबरीको अवस्थामा पुगेका हुन् । 

यसअघि ठाकुर समूहमा २० र उपेन्द्र समूहमा १२ जना सांसद थिए । 



  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १७:४९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया