बिहारको एक गाउँमा १६ जनाको मृत्यु, विषाक्त रक्सी पिएको शंका

भारतको बिहारको एक गाउँमा पछिल्ला केही दिनमा १६ जना मानिसले ज्यान गुमाएका छन् । समाचार एजेन्सी पिटिआईको रिपोर्ट अनुसार ज्यान जानेको कारण विषाक्त रक्सी हुन सक्दछ ।

पश्चिमी चंपारण जिल्ला प्रशासनले जारी गरेको बयान अनुसार मृतकका चार परिवारले मात्र मर्नुभन्दा पहिला मद्यपान गरेको बताएका छन् ।

अझै दस जनाको मृत्यु के कारणले भएको हो, यस बारेमा अझै स्पष्ट हुन सकेको छैन । 

बिहीबार ८ जनाले ज्यान गुमाएका थिए । यसको भोलिपल्ट नै थप आठ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विषाक्त रक्सी पिएर बिरामी भएका एक पीडितको बयानमा एफआइआर दर्ता गरिएको छ र पाँच जना पक्राउ परेका छन् ।

बिहारमा नितीश कुमारको सरकारले सन् २०१६ को अप्रिलमा रक्सी प्रतिबन्ध गरेका थिए । 



बिहारमा रक्सी सेवन र यसकाे व्यवसाय विरुद्ध कडा कानुन लागू गरिएकाे छ ।
 



  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार ७:१०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया