पुन:स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

पुन:स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ मा प्रतिनिधिसभा पुन:स्थापना गरेपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा जेठ ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गराएकी थिइन् ।

बैठक नयाँ बानेश्वरमा अपरान्ह ४ बजे बस्नेछ । बैठकको सम्पूर्ण तयारी सकिएको छ ।

यसै गरी आज राष्ट्रिय सभा बैठक पनि चार बजे बोलाइएको छ ।





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार ७:२७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया