ओली सरकारले गरेका ११ देशका राजदूतको नियुक्ति देउवा सरकारद्वारा खारेज

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको ११ देशको राजदूतहरुको नियुक्तिसम्बन्धी निर्णय खारेज भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पहिलाको निर्णय खारेज गर्ने निर्णय गरेको हो । 

ओली नेतृत्व सरकारले गरेको राजदूत नियुक्ति सम्बन्धी निर्णय खारेज गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार संसदीय प्रक्रिया छलेर नियुक्ति प्रक्रिया अघि बढाइएकाले निर्णय खारेज भएको हो । 

ओली सरकारले अस्ट्रियामा निर्मलराज काफ्ले, श्रीलंकामा रमेशचन्द्र पौडेल, इजिप्टमा जीवन प्रकाश श्रेष्ठ, दक्षिण कोरियामा कृष्ण चन्द्र शर्मा, रसियामा जंगबहादुर चुहान, अष्ट्रेलियामा सुम्निमा तुलाधारलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । 

त्यस्तै, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलमा कुलप्रसाद नेपाल, डेनमार्कमा सुमित्रा सुवेदी, साउदी अरबमा मेराज मुसलमान र बहराइनमा युवराज कार्कीलाई राजदूतमा सिफारिस गरेको थियो । 

उनीहरुमध्ये कार्कीको योग्यता नपुगेको कारण देखाउँदै सर्वोच्चले रोक लगाएको थियो । संसद नभएका बेला उनीहरुलाई संसदीय सुनुवाइबिना नै नियुक्त गरिएको थियो ।





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १२:५९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया