सुनसरीमा करेन्ट लागेर एकको मृत्यु

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको इटहरी उपनगरपालिका-१७ लामीटाई टोल निवासी ३५ वर्षीय मनोज खत्रीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।

घर नजिकै रहेको पोखरीमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागी उनी गम्भीर घाइते भएका थिए । 

उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १३:३२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया