एथलेटिक्स प्रशिक्षक इन्द्र कुमारी मल्ललाई कोरोना संक्रमण

टोकियो ओलम्पिक जाने तयारीमा रहेकी एथलेटिक्स प्रशिक्षक इन्द्र कुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ । 

जापान जानुअघि गरिएको कोरोना परीक्षणमा मल्लको रिपोर्ट पोजेटिभ आएको नेपाल ओलम्पिक कमिटीले पुष्टि गरेको हो । 

नेपाल ओलम्पिक कमिटीले आइतबार एक विज्ञप्ति निकाल्दै मल्ललाई कोरोना पुष्टि भएपछि टोकियो ओलम्पिक आयोजक कमिटीको कोभिड नियमअनुसार उनलाई सहभागी गराउन नमिल्ने जनाएको छ । 

कमिटीका अनुसार अब मल्लको स्थानमा यसअघि नै सूचीमा रहेका प्रशिक्षक सन्तोष श्रेष्ठलाई टोकियो पठाइने जानकारी गराएको छ । 

यही जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियोमा आयोजना हुने ओलम्पिकमा नेपालको तर्फबाट पौडीका गौरिका सिंह र एलेक्स शाह, जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना चौधरी र एथलेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउँदै छन् । 
 
चार खेलाडी यसअघि नै टोकियो पुगिसकेको भए पनि एथलेटिक्स टोली जुलाई २५ मा टोकियो प्रस्थान गर्ने तालिका रहेको छ ।





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १५:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया