क्रिस्टल डायग्नोस्टिकले चिकित्सा शिक्षाका परीक्षार्थीहरूलाई कोरोना संक्रमण थाहा पाउनका लागि गरिने पिसिआर परीक्षणमा २५ प्रतिशत छुट दिने भएको छ ।
चिकित्सा शिक्षा आयोगले सबै परीक्षामा कोरोना परीक्षणलाई अनिवार्य गरेपछि डायग्नोस्टिकले छुट दिने भएको हो ।
काठमाडौंको सिनामंगलमा रहेको डायग्नोस्टिकले चिकित्सा शिक्षा अन्तर्गतका सबै विषयको प्रवेश परीक्षा दिने परीक्षार्थीहरूलाई पिसिआर परीक्षणमा २५ प्रतिशत छुट दिने जनाएको छ ।
साउन ९ गतेदेखि हुने चिकित्सा शिक्षाको परीक्षामा आयोगले उपस्थित हुनका लागि परीक्षार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको हो ।
डायग्लोस्टिकले कोरोना परीक्षण गराउन चाहने परीक्षार्थीले परीक्षाको प्रवेश पत्र देखाउनुपर्ने जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।