युरोपमा बाढी : १८० को मृत्यु, १५०० भन्दा धेरै बेपत्ता

युरोपका विभिन्न देशमा आएको बाढीका कारण आइतबार बिहानसम्म १८० जनाको ज्यान गएको छ भने एक हजार ५०० भन्दा धेरै बेपत्ता भएका छन् ।

बाढीले हजारौँ घरमा क्षति पुर्‍याएसँगै हजारौं मानिस विस्थापित भएका छन्।

विभिन्न नदीले आफ्नो दिशा बदली विपरीत दिशातर्फ बगिरहेका छन् । जर्मनीका मौसम विभागका एक अधिकारीले हजार सालमा पहिलो पटक यस्तो भएको जनाएका छन्।

बाढीको सबैभन्दा धेरै असर जर्मनीको राइन्ल्यान्ड पालाटिनेट राज्यमा देखा परेको छ । यहाँ ११० मानिसले ज्यान गुमाइसकेका छन् । यसै गरी उत्तरी राइन वेस्टफेलिया राज्यमा ४५ जनाको ज्यान गएको छ ।

बेल्जियम पनि बाढीमा परी २७ जनाको ज्यान गएको छ ।

बेपत्ता भएका नागरिककाे खाेजीकार्य जारी नै छ । 





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार ६:५०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया