कोरोना भाइरसको आतंक सारा संसारमा व्याप्त छ । सन् २०१९ को चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखिएका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० लाख ८८ हजार ६९ जनाको ज्यान गइसकेको छ ।
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अत्यधिक धेरै रहेको छ । हालसम्म अमेरिकामा ६ लाख ९ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा मर्नेहरूको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ४२ हजार २१४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारतमा पनि हालसम्म ४ लाख १३ हजार ६०९ जनाले ज्यान गुमाइसकेका छन् ।
यसै गरी मेक्सिकोमा २ लाख ३६ हजार २४०, पेरुमा १ लाख ९५ हजार ४७, रुसमा १ लाख ४५ हजार ९७५, बेलायतमा १ लाख २८ हजार ९८५, इटालीमा १ लाख २७ हजार ८६७ र कोलम्बियामा १ लाख १६ हजार ३०७ जनाले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।