परपुरुषसँग हाँसेको भन्दै श्रीमतीको कान काट्ने श्रीमान पक्राउ

बझाङमा आफ्नै श्रीमतीको कान काट्ने श्रीमान पक्राउ परेका छन् ।

जिल्लाको जयपृथ्वी नगरपालिका-१ भण्डारगाउँ निवासी २५ वर्षीय मनोज नेपालीले आफ्नै श्रीमती २१ वर्षीय जानकी नेपालीको कान काटेको आरोपमा पक्राउ परेका हुन् ।

मनोजले गत असार ३० गते परपुरुषसँग बोलेको भन्दै जानकीको कान चक्कुले काटेका थिए । घटनापछि उनी लगत्तै फरार भएका थिए । 

जानकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । 

जानकीले बिहे भएको केही महिनादेखि नै श्रीमानले कुटपिट गर्दै आएको बताएकी छिन् । जानकीका तीन सन्तान छन् ।

मनोजमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
 





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार ८:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया