भारतमा कोरोना : थप ३८ हजार संक्रमित, ४९९ मृत्यु

छिमेकी मुलक भारतमा पछिल्लो २४ घन्टामा थप ३८ हजार १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यसै गरी पछिल्लो २४ घन्टामा थप ४९९ संक्रमितले ज्यान गुमाएका छन् । यही अवधिमा ३८ हजार ६६० जना संक्रमित निको भएका छन् । ४ लाख २१ हजार ६६५ जना सक्रिय संक्रमित रहेका छन् । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ३ करोड ११ लाख ४४ हजार २२९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ४ लाख १४ हजार १०८ जनाले ज्यान गुमाइसकेका छन

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ ।

हालसम्म भारतमा ४० कराेड ६४ लाख डाेज भ्याक्सिन लगाइसकिएकाे छ । 





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १०:३३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया